Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

कोकिनसहित पक्राउ परेका व्यक्ति सामान्य धरौटीमा छुटे

कोकिनसहित पक्राउ परेका व्यक्ति सामान्य धरौटीमा छुटे

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । कोकिनसहित पक्राउ परेका आरोपीलाई अदालतले सामान्य धरौटीमा छाडेको छ । सिन्धुपाल्चोकका दिनेश चालिसे, ललितपुरका सुव्रत अधिकारी र गोमा श्रेष्ठ धरौटीमा बिहीबार छुटेका हुन् ।

प्रहरीले ७५ ग्राम कोकिनसहित उनीहरुलाई गत २० असारमा पक्राउ गरेको थियो । सुव्रत एक लाख, दिनेश ७५ हजार र गोमा १० हजार धरौटीमा छुटेका हुन् । जबकी दिनेशको साथबाट कोकिन नै बरामद भएको थियो भने सुव्रत कारोबारी नै हुन् ।

कोकिनजस्तो गम्भीर मुद्दामा आरोपी धरौटीमा छुटेपछि प्रहरी अधिकारीले आश्चर्य व्यक्त गरेका छन् । सो मुद्दामा पक्राउ परेका नवलपरासीका सत्येन्द्रकुमार भट्ट र सप्तरीका प्रकाश यादब भने जेल चलान भएका छन् । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले यस्तो आदेश दिएको हो।

प्रहरी वृत्त मालीगाउँले उनीहरूलाई नक्सालको भगवती इन होटलबाट पक्राउ गरेको थियो । व्यापारी रहेका चालिसे होटलमा दुई युवती राखेर लागुऔषध सेवन गरिरहेका थिए। थप लागुऔषध मगाएको अवस्थामा उनी पक्राउ परे ।

पछि प्रहरी सो कारोबार गर्ने गिरोहसम्म पुगेको थियो । जसमा प्रकाश यादबलाई कोकिन बेच्ने विजय कार्की र भारतीय नागरिक श्रीयान्स एडुकिया भएको खुलेको थियो । कार्की त पक्राउ समेत परेका थिए भने एडुकिया फरार भएका थिए ।

प्रहरीले उनीहरुलाई पनि मुद्दा चलाउन सिफारिस गरेकोमा सरकारी वकिलले उन्मुक्ति दिएको छ । मिलेमतोमा उन्मुक्ति दिएको आरोप लागेको छ ।

यसका आरोपीमध्ये एक चालिसे भेप तस्करी लगायत अन्य आपराधिक गतिविधिमा समेत संलग्न रहेको प्रहरी अधिकारी बताउँछन् । प्रहरीले सम्पत्ति शुद्धीकरण मुद्दामा पनि उनलाई तान्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077