Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

प्रहरी कर्मचारीका लागि किरियापुत्री भवन निर्माण गर्ने आईजीपी खापुङको निर्णय

प्रहरी कर्मचारीका लागि किरियापुत्री भवन निर्माण गर्ने आईजीपी खापुङको निर्णय

बिहिवार , भाद्र १९, २०८२

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङले कार्यभार सम्हालेको पहिलो दिनमै प्रहरी कर्मचारीका लागि महत्वपूर्ण निर्णय गरेका छन् ।

आईजीपी खापुङको अध्यक्षतामा बसेको नीति समन्वय समिति (पीसीसी) को बैठकले बहालवाला तथा अवकाशप्राप्त प्रहरीको लागि किरियापुत्री भवन निर्माण गर्ने निर्णय गरेको हो ।

प्रारम्भिक चरणमा महाराजगञ्जस्थित प्रहरी एकेडेमी परिसरमा रहेको जग्गामा भवन निर्माण हुने र आवश्यकताअनुसार अन्य प्रदेशमा पनि विस्तार गर्ने योजना रहेको प्रहरीले जनाएको छ ।

आईजीपी खापुङले आज बिहान फुली लगाएका थिए भने लगत्तै पदभार ग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077