Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

दोधारा-चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ, प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

दोधारा-चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ, प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री लेखक

शनिवार , भाद्र २१, २०८२

कञ्चनपुर । गृहमन्त्री रमेश लेखकले दोधारा-चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला शिलान्यास हुने बताएका छन् ।

आज नेपाली कांग्रेस प्रतिनिधिसभा क्षेत्र नं. ३ प्रशिक्षण विभागले दोधारा–चाँदनीमा आयोजना गरेको प्रशिक्षणमा उनले प्रधानमन्त्रीको आगामी भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाह निर्माणको संयुक्त रुपमा शिलान्यास गर्ने बताएका हुन् ।

उनले भने- 'दोधारा–चाँदनीमा देशकै ठूलो सुक्खा बन्दरगाह बन्छ। यसको शिलान्यास दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने कार्यक्रम छ। जोगबुढा नदीमा बाँकी रहेका स्थानमा तटबन्ध बनाएर यहाँका नागरिकलाई बाढीबाट सुरक्षित गरिन्छ, त्यसका लागि बजेट विनियोजन भइसकेको छ ।'

कुनैबेला आकाशमा बादल देख्नेबित्तिकै बाढीको त्रासमा बस्नुपर्ने दोधारा–चाँदनीको महाकाली र जोगबुढा नदीमा बाँध बनेपछि सुरक्षति बनेको उनको भनाइ छ ।

उनले मुलुकमा संविधान निर्माणका लागि नेपाली कांग्रेसले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गर्दै संविधानको रक्षा पनि कांग्रेसले गर्नुपर्ने धारणा समेत राखे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077