Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी आन्दोलनलाई हरिवंशको समर्थन, भन्छन्–उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ

जेनजी आन्दोलनलाई हरिवंशको समर्थन, भन्छन्–उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ

सोमवार , भाद्र २३, २०८२

काठमाडौं । कलाकार हरिवंश आचार्यले समेत अव्यवस्था विरुद्ध आन्दोलनमा उत्रिएका ‘जेनजी’लाई समर्थन गर्दै अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् ।

आज बिहान समाजिक सञ्जाल फेसबुकमा आफ्नो घर अगाडि पीच गरेको केही दिनमै भत्किएको फोटो देखाउँदै उनले अहिलेको अव्यवस्थाको एउटा नमूना प्रस्तुत गर्न खोजेका छन् ।

उनले यो एउटा अव्यवस्थाको उदाहरण मात्र भएको उल्लेख गर्दै उनले जेनजीले अहिले उठाएको आवाज कुनै व्यवस्थाविरुद्ध नभइ व्यवस्था हाँकिरहेका दलका नेता र कर्मचारीमाथी भएको उल्लेख छ ।

उनले फेसबुकमा लेखेको स्टाटस यस्तो छः
मेरो घर छेउको बाटो पिच गरेको केही समयमै भत्कियो । म हरेक दिन मनमा सोच्दै थिए यो बाटो यति चाँडो कसरी भत्कियो ? हरेक दिन त्यही बाटो हिड्छु तर सोच्छु मात्र । तर अहिलेको पुस्ता यस्ता प्रस्न मन भित्र मात्र सोच्दैनन् । प्रश्न उठाउछन्, जनताको करले बनेको बाटो किन भत्कियो रु कसरी भत्कियो रु यसको जिम्मेवारी कस्को ? यो एउटा सानो उदाहरण मात्र हो आजका पुस्ताले प्रस्न गरेका । आज उठेको आवाज कुनै व्यवस्था बिरुद्वको आवाज होइन तर यो व्यवस्था हाकिराख्नु भएका सबै दलका नेता र कर्मचारीको कार्य माथिको प्रस्न हो । जनताले तपाईंहरु बाट अहिले गरिराख्नु भएको भन्दा धेरै आशा गरेका छन । अब उमेर भएकाले आफ्नो कार्य क्षमता सुधार्ने र उमेर पुगेकाले युवा पुस्तालाई हस्तान्तरण गर्नु नै उत्तम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077