Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन आयोग

आमनिर्वाचनको आन्तरिक तयारीमा जुट्यो निर्वाचन आयोग

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । आगामी फागुन २१ गते तोकिएको आमनिर्वाचनका लागि निर्वाचन आयोग आन्तरिक तयारीमा जुटेको छ। अब केही दिनमै प्रधानमन्त्रीसँग थप छलफल गर्ने र आवश्यक व्यवस्थापनलाई तीव्रता दिने आयोगको योजना छ ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको मितिमा निर्वाचन गराउन आयोग सक्षम छ।
यद्यपि आयोगभित्र नेतृत्वको अपूरो संरचना चुनौतीका रूपमा देखिएको छ।

प्रमुखसहित पाँच जना आयुक्त रहनुपर्नेमा हाल दुई पद रिक्त छन्। आयोगले आवश्यक नीतिगत तथा व्यवस्थापकीय तयारीलाई भने निरन्तरता दिइरहेको बताइएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २७ गते प्रधानमन्त्रीको सिफारिसमा प्रतिनिधि सभा निर्वाचनको मिति तोक्दै आगामी फागुन २१ गते निर्वाचन हुने घोषणा गरेका थिए।

आयोगको तीव्र तयारीसँगै अब चुनावी वातावरण निर्माण, मतदाता सूची अद्यावधिक, निर्वाचन सुरक्षासम्बन्धी योजना र आचारसंहिताको खाका प्रमुख कार्यसूचीका रूपमा अघि सारिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077