Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर मन्त्री बन्न गरेको आग्रह डा. रुइतद्वारा अस्वीकार

प्रधानमन्त्री कार्कीले तिलगंगा पुगेर मन्त्री बन्न गरेको आग्रह डा. रुइतद्वारा अस्वीकार

मंगलवार , भाद्र ३१, २०८२

काठमाठडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो नेतृत्वको सरकारमा सहभागी हुन वरिष्ठ नेत्र रोग चिकित्सक सन्दुक रुइतलाई आग्रह गरेपनि उनले अस्वीकार गरेका छन् ।

आज तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर प्रधानमन्त्री कार्कीले रुइतसँग आफ्नो नेतृत्वको सरकारमा सहभागी हुनेबारे छलफल गरेकी हुन् ।

प्रधानमन्त्री कार्कीले विशेष परिस्थीतिमा आफूले सरकारको नेतृत्व गर्नु परेकाले सहयोग गर्न डा. रुइतसँग आग्रह गरेकी थिइन् ।

जवाफमा डा. रुइतले भने आफूले सरकारलाई सहयोग गर्ने तर सरकारमा सहभागी हुन नसक्ने जवाफ दिएका छन् ।

छलफलपछि डा. रुइतले आफूले अस्पतालको काम र बिरामीलाई छाड्न नसक्ने बताए ।

सञ्चारकर्मीले कार्की नेतृत्वको सरकारमा मन्त्री बन्ने हो भनेर सोधेको प्रशनमा उनले भने–‘यहाँ छोडेर आउने ? यत्रो छ काम यहाँ छोडेर आउने ? बिरामीलाई छाडेर आउँदैन ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077