Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

पार्टी कार्यालय नयाँ र भव्य बनाउने प्रचण्डको घोषणा

पार्टी कार्यालय नयाँ र भव्य बनाउने प्रचण्डको घोषणा

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । जेनजी आन्दोलनपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सार्वजनिक भएका छन् ।

जेनजी आन्दोलन पछि केही दिन सैनिक ब्यारेकमा रहेका प्रचण्ड पहिलो पटक सर्वाजनिक कार्यक्रममा सहभागी भएका हुन्।

मंगलबार उनले आगजी भएको पेरिसडाँडास्थित माओवादी केन्द्रीय कार्यालयको अवलोकन गरेका छन्।

कार्यालयमा पुगेका उनले कार्यालयमै रहेको सहिद स्मारकमा जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे। साथमा माओवादी केन्द्रका अन्य नेताहरू पनि पेरिसडाँडा पुगेका थिए।

जेनजी युवा आन्दोलनको क्रममा माओवादी केन्द्रीय कार्यालयमा आगजनी भएको थियो । आन्दोलन हिंसात्मक बनेपछि प्रचण्डसहितका नेताहरुलाई नेपाली सेनाले ब्यारेकमा सुरक्षा दिएर राखिएको थियो ।

कार्यालय हेरेपछि प्रचण्डले अब आफ्नै बलबुतामा नयाँ भव्य पार्टी कार्यालय निर्माण गर्ने घोषणा गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077