Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

प्रधानमन्त्री कार्की र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्ष दाहाल र प्रधानमन्त्री कार्कीबिच भेटवार्ता भएको हो ।

भेटमा देशको विकसित घटनाक्रम र समसामयिक राजनीतिक अवस्थाका विषयमा उनीहरूले कुराकानी गरेका छन् ।

सो अवसरमा अध्यक्ष दाहालले राष्ट्रिय सभाको कामकारबाही, अवस्था र बानेश्वरस्थित संघीय संसद भवन तथा सिंहदरबारस्थित संघीय संसद सचिवालयमा भएको क्षतिका बारेमा जानकारी दिए।

भेटमा प्रधानमन्त्री कार्कीले देशलाई शान्ति र स्थिरतातर्फ लैजान सबैले सहकार्य गरेर अघि बढ्न आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077