Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर निस्किए, घर हेर्न कोटेश्वर पुगे

अध्यक्ष नेपाल सेनाको सुरक्षाबाट बाहिर निस्किए, घर हेर्न कोटेश्वर पुगे

मंगलवार , भाद्र ३१, २०८२

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि पार्टीको काममा फर्किएका छन् ।

भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पहिलो पटक सेनाको सुरक्षाबाट बाहिर आएका हुन् ।  जेनजी आन्दोलनपछि उग्र रूप लिएपछि सेनाको सुरक्षामा बसेका थिए

बाहिर आएलगत्तै आज कोटेश्वरमा आन्दोलनकारीले आगजनी र तोडफोड गरेको घर हेर्न पुगे। प्रदर्शनकारीले भदौ २४ गते नेपालको घरमा समेत आगजनी गरिदिएका थिए ।

यस्तै अध्यक्ष नेपालसँग उपमहासचिव मेटमणि चौधरी, पोलिटब्युरो सदस्य सुदेश पराजुली, अनेरास्ववियूका अध्यक्ष महेश श्रेष्ठलगायत साथमा थिए ।

भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा नेपाली सेनाले सुरक्षा दिई राखेका तत्कालीन मन्त्रीहरू बाहिर निस्कन थालेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077