काठमाडौं । जेनजी आन्दोलनका युवा र राष्ट्रपति रामचन्द्र पौडेल बीच हुन लागेको सम्झौता सार्वजनिक गरिएको छ।
आफुलाई जेनजी अगुवा बताउने सुदन गुरुङको 'हामी नेपाल 'नामक संस्थाका तर्फबाट सार्वजनिक गरिएको सम्झौता पत्रमा १३ वटा बुँदा रहेका छन्।
भ्रष्टाचार र सुशासनका मागसहित जेनजी युवाहरुले भदौ २३ गते काठमाडौंमा प्रदर्शन आयोजना गरेका थिए ।
माइतीघरतर्फबाट नयाँबानेश्वरतर्फ प्रस्थान गरेको युवाहरुको जुलुश प्रहरी घेरा तोड्दै संसद् भवन पुगेपछि हिंसात्मक बनेको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए ।
त्यसपछि गत शुक्रबार राति भएको यही सम्झौता अनुसार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी थिइन्।
सम्झौतापत्रमा सुदन गुरुङसहित विभिन्न जेनजी समूहलाई समर्थकका रुपमा राखिएको छ। सार्वजनिक सम्झौता पत्रमा आन्दोलनरत पक्षको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेल र साक्षीमा नेपालको प्रधानमन्त्री भनेर लेखिए पनि उनीहरुको तर्फबाट हस्ताक्षर गरिएको छैन।
यस्तो छ सम्झौता पत्र

