Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आज क्षतिग्रस्त संसद् भवनको अवलोकन गर्दै मन्त्री घिसिङ, सहिदका परिवारसँग पनि भेट्ने

आज क्षतिग्रस्त संसद् भवनको अवलोकन गर्दै मन्त्री घिसिङ, सहिदका परिवारसँग पनि भेट्ने

बुधवार , आश्विन १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ आज जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न कार्यक्रमहरूमा सहभागी हुने भएका छन् ।

मन्त्रीको सचिवालयका अनुसार, घिसिङ बिहान १० बजे वसन्तपुरस्थित कुमारी मन्दिरमा पूजापाठमा सहभागी हुनेछन् । पूजापछि उनी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको बानेश्वरस्थित संसद् भवन अवलोकन गर्न जाने कार्यक्रम रहेको छ।

यसपछि, घिसिङले जेन–जी विद्रोहमा सहिद बनेकाका परिवारलाई भेटेर समवेदना प्रकट गर्ने तयारी गरेका छन् ।

सरकारले आजै जेन–जी आन्दोलनमा मारिएका व्यक्तिहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077