Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहिद विनोद महर्जनको पाटनस्थित घरमा ऊर्जामन्त्री कुलमान घिसिङ

सहिद विनोद महर्जनको पाटनस्थित घरमा ऊर्जामन्त्री कुलमान घिसिङ

बुधवार , आश्विन १, २०८२

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई भेटेका छन् ।

मन्त्री घिसिङले मृतक विनोद महर्जनको पाटनस्थित घरमै पुगेर परिवारलाई भेटेका हुन् । भेटका क्रममा उनले मृतक महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनामा समवेदना व्यक्त गरेका थिए ।

जेनजी आन्दोलनका क्रममा आन्दोलनकारी, सर्वसाधारण र सुरक्षाकर्मीसहित ७३ जनाको मृत्यु भईसकेको छ ।
सरकारले आजै जेनजी आन्दोलनमा मारिएका व्यक्तिहरूको सम्झनामा राष्ट्रिय शोक घोषणा गर्दै देशभर सार्वजनिक बिदा दिएको छ।

यस्तै उनीहरुलाई शहीद घोषणा गर्ने र परिवारलाई १५ लाख क्षतिपूर्ति दिने सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077