Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आवधिक निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले निश्चित मितिमै गर्नुपर्छ : बाबुराम भट्टराई

आवधिक निर्वाचन स्वतन्त्र र निष्पक्ष ढंगले निश्चित मितिमै गर्नुपर्छ : बाबुराम भट्टराई

बुधवार , आश्विन १, २०८२

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आवधिक निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका छन्।

बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिस्पर्धी, स्वतन्त्र र निष्पक्ष ढंगले हुनुपर्ने बताएका हुन्।

पत्रकारहरुसंग कुरा गर्दै भट्टराईले भने- 'बहुदलीय लोकतन्त्रमा आवधिक निर्वाचन प्रतिष्पर्धी स्वतन्त्र र निष्पक्ष ढंगले गराउने मुख्य आधार हो । लोकतन्त्रको खम्बालाई हामीले कति पनि कमजोर पार्न दिनु हुँदैन । निश्चित मितिमै चुनाव गर्नुपर्छ।'

पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूलाई पुनः संरचना गर्नेमा आशंका रहेको बताए।

उनले थपे- 'पुराना दलहरु कांग्रेस, एमाले, माओवादी, राप्रपाको पुराना दलहरूको पुनर्संरचना हुन्छ जस्तो मलाइ लाग्दैन । त्यहाँ जसरी आवाज उठिरहेको छ, चौथो नाती पुस्ता आइसक्यो । त्यहाँका नेताहरूको जुन उकुसमुकुस छ । मेरो अनुमान आगामी दिनमा एउटा बृहत खालको राजनीतिक पुनस् संरचना हुन्छ ।'

नेपाल समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले २८ वर्ष भन्दा मुनिका युवाहरूले दबाब बनाइरहे राजनीतिक पुनः संरचना सम्भव रहेको पनि जिकिर गरे।

अन्तरिम सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनको मिति तोकिसकेको छ। तर प्रमुख राजनीतिक दलहरूले भने प्रतिनिधि सभा विघटन संविधान विपरित भएको बताउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077