काठमाडौं । नेपाल प्रहरीका पूर्वएसएसपी योगेश्वर रोमखानीले जेनजी आन्दोलनका क्रममा पिटाइ खाएका कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा एकदमै सरल र साधरण व्यक्ति भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै उनले पूर्वप्रधानमन्त्री देउवा लोभ नभएको एकदमै साधरण व्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् । तर, उनले देउवापत्नी आरजु राणा देउवा भने अन्यन्तै लोभी भएको आरोप लगाएका छन् ।
जेनजी आन्दोलनका क्रममा देउवाको घरमा करोडौं रकम जलेको र महंगा सामानहरु मात्रै रहेको खुलेपछि चौतर्फी रुपमा देउवादम्पत्तिको विरोध भइरहेको छ । यस्तो बेला पूर्व एसएसपी रोमखानीले भने देउवा सरल व्यक्ति भएपनि पत्नी र ससुराली खलकको लोभलाई रोक्न नसेकेको बताएका छन् ।
कुनै बेला देउवाको सुरक्षामा खटिएको जानकारी गराउँदै उनले भनेका छन्–‘उहाँ अत्यन्त साधारण, ground to earth, आम मानिस हुनु हुन्छ । मैले अनुभव गरेको हिसाबले हेर्दा उहाँलाई लोभपनि छैन । उहाँले सिस्टममा सुधार गर्नपनि खोजेको हो । तर, उहाँले आफ्नो श्रीमती आरजु राणालाई र ससुराली खलकको अत्यन्त लोभलाई रोक्नु सक्नु भएन ।'
यस्तो छ रोमखानीको फेसबुक स्टाटस