Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

जनमत पार्टीका अध्यक्ष सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम

बुधवार , आश्विन १, २०८२

काठमाडौं । जनमत पार्टीका पदाधिकारीसहितका नेताहरूले अध्यक्ष सीके राउतलाई नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवलगायतका ६ जना नेताले सामूहिक हस्ताक्षर गरी नेतृत्व छाड्न २४ घण्टे अल्टिमेटम दिएका हुन् ।

पत्रमा भनिएको छ- 'देशको राजनीतिक, सामाजिक तथा प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता दिन प्रतिदिन तीव्र रूपमा महसुस भइरहेका बेला जनमत पार्टीले समेत आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अपनाउनु अत्यावश्यक भइसकेको छ ।'

जनताको भरोसा र समर्थनले पार्टीलाई राष्ट्रिय पार्टीको मान्यता दिएपनि पछिल्लो शीर्ष नेतृत्वबाट कमजोर कार्यशैली, निर्णय प्रक्रियामा पारदर्शीताको अभाव तथा जनभावनासँग विमुख गतिविधि देखिएको उनीहरूको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077