काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले सदैव युवासँग नजिक रहेको र युवाहरूको पार्टीकै रूपमा आफूलाई स्थापित गराएको बताएका छन् ।
आज राजधानीमा बसेको एमाले केन्द्रीय विभागको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले जिल्लादेखि केन्द्रसम्म युवाहरूलाई आरक्षण प्रदान गरेर नेतृत्वमा अघि बढाउने काम एमालेले गर्दै आएको उल्लेख गरे । उनले भने, 'एमाले कहिल्यै युवाबाट टाढा रहँदैन, यो पार्टी युवाहरूकै पार्टी हो।'
बैठकमा जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यस्तै, संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संरक्षण र संवर्द्धनमा एमाले प्रतिबद्ध रहेको दोहोर्याइएको छ ।
एमालेले आगामी असोज ३ गते संविधान दिवसलाई भव्य र गौरवपूर्ण रूपमा मनाउने तयारी गरेको छ ।