Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भयो, राष्ट्रवादी शक्तिहरू एकजुट हौँ : दुर्गा प्रसाई

नेपाललाई भूराजनीतिक खेलमा धकेल्ने प्रयास भयो, राष्ट्रवादी शक्तिहरू एकजुट हौँ : दुर्गा प्रसाई

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भदौ २३ र २४ गतेका हिंसात्मक घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनाप्रति दुःख प्रकट गरेका छन् ।

बुधबार राति सामाजिक सञ्जालमार्फत् भिडियो सन्देश जारी गर्दै उनले आफू र आफ्नो अभियानका सदस्यहरू सो आन्दोलनमा संलग्न नरहेको प्रस्ट पारे ।

उनले भने, 'मेयर बालेन शाहले आउनु पर्दैन भनेका कारण हामी सहभागी भएनौँ ।' आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र सरकारी सम्पत्तिमा आक्रमणलाई उनले दुःखद भन्दै यसको जिम्मा वास्तविक संलग्न पक्षले लिनुपर्ने बताए।

आफूहरूलाई ‘राजावादी’ भनेर आरोप लगाइएकोमा आपत्ति जनाउँदै प्रसाईंले आफूहरू राष्ट्रवादी भएको स्पष्ट पारे ।

उनले विगतका राजनीतिक घटनाक्रमलाई स्मरण गर्दै नेपालमा पश्चिमी प्रभाव र षड्यन्त्र सक्रिय रहेको दाबी गरे । उनका अनुसार यस्तो गतिविधिको अन्तिम उद्देश्य नेपाललाई भूराजनीतिक खेलमा फसाएर अस्थिर बनाउनु हो ।

राष्ट्र, धर्म र नागरिकको सुरक्षाका लागि सबै राष्ट्रवादी शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिँदै उनले भने, 'वैदिक सनातन धर्मसहितको हिन्दु अधिराज्य नेपालको संरक्षण आजको आवश्यकता हो ।' साथै, प्रसाईंले राजाले पनि राष्ट्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बेला आएको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077