Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

जेनजी आन्दोलनका कारण युवाको रोजगारी गुम्यो : महेश बस्नेत

जेनजी आन्दोलनका कारण युवाको रोजगारी गुम्यो : महेश बस्नेत

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले जेनजी आन्दोलनले मुलुकको रोजगारी र वैदेशिक रोजगार क्षेत्रलाई गम्भीर असर पु¥याएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमार्फत् विचार व्यक्त गर्दै उनले भने, 'विदेशी श्रमका मुख्य गन्तव्य दुबई र कोरियाले नेपालीलाई भिजिट भिसा तथा वर्किङ भिसा रोक्दा हजारौँ कामदार र परिवार प्रभावित भएका छन्। यसले धेरै युवाहरूको रोजगारीमा असर पर्नेछ र मुलुकको रेमिटेन्स समेत घट्नेछ।'

बस्नेतले आन्दोलनका कारण युवाहरूलाई अवसरको सट्टा बेरोजगारीको संकट व्यहोर्नु पर्ने अवस्था आएको टिप्पणी गरे ।

उनले थपे, 'अहिलेको अवस्था भुइँको टिप्न खोज्दा पोल्टाको खसे जस्तो भएको छ। अब अपेक्षित अवसर नपाउँदा युवामा आक्रोश फैलनु निश्चित छ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077