Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

रास्वपाका नाममा डर–त्रास देखाउने र धम्की दिने क्रम बढ्यो

रास्वपाका नाममा डर–त्रास देखाउने र धम्की दिने क्रम बढ्यो

बिहिवार , आश्विन २, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिको लाभ उठाउँदै केही अवाञ्छित व्यक्ति र समूहहरूले पार्टीलाई बदनाम गर्ने गतिविधि गरेको आरोप लगाएको छ।

रास्वपाले दिएको जानकारीअनुसार, पार्टी र यसका सम्बद्ध व्यक्तिहरूको नाम लिँदै विभिन्न निजी क्षेत्रका उद्योगी, व्यवसायी, न्यायालय र उच्च पदस्थ कर्मचारीलाई डर–त्रास देखाउने, धम्की दिने तथा टेलिफोन मेसेज पठाउने जस्ता गतिविधि भइरहेको छ। यसप्रति पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

रास्वपाका प्रवक्ता मनिष झाले एक विज्ञप्ति जारी गर्दै यस्ता कार्यमा संलग्न जो कोही भए पनि तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, 'यस्ता गतिविधिमा रास्वपाको कुनै संलग्नता नरहेको स्पष्ट पार्दै, जिम्मेवार निकायलाई आवश्यक छानबिन र कारबाहीका लागि ध्यानाकर्षण गराउँदछौँ।'

rrr

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077