Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

प्रतिनिधिसभा विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख घिमिरे

प्रतिनिधिसभा विघटन नगरी समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो : सभामुख घिमिरे

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‍ विघटन नगरी यसैभित्रबाटै समाधान खोजेको भए राम्रो हुने बताएका छन् ।

आज मध्यान्ह जेनजी आन्दोलनमा ध्वस्त भएको संद्दिय संसद् भवनको अनुगमनका क्रममा पत्रकारहरू सोधेको प्रश्नमा सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

उनले भने- 'जे घटनाहरू देशमा घट्यो, हामीले जे व्यहोरिरहेका छौं, यो ज्यादै दुखद् कुराहरू हो । प्रतिनिधिसभा विघटन नगरी संसदबाटै समाधान खोज्न सकेको भए राम्रो हुन्थ्यो ।'

अब अहिलेको परिस्थितिबाट उठेर ठिक ढङ्गबाट अगाडि जानु सबैको दायित्व रहेको घिमिरेले बताए ।

व्यवस्थापिका, न्यायपालिका र कार्यपालिकामाथि आक्रमण भएका कारण गम्भीर परिस्थिति सिर्जना भएको भन्दै सभामुख घिमिरेले यसको समीक्षा गर्ने र देशलाई उठाउन लागि आम मान्छे, आम जनता, आम क्षेत्र सबै लाग्नु पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077