Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

अस्कर अवार्डमा नेपालबाट 'अञ्जिला' सिफारिस

अस्कर अवार्डमा नेपालबाट 'अञ्जिला' सिफारिस

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । सन् २०२६ मा हुने ९८औं द एकेडेमी अफ मोसन पिक्चर आट्र्स एन्ड साइन्सेस् (अस्कर अवार्ड) मा नेपालको प्रतिनिधित्व चलचित्र ‘अञ्जिला’ले गर्ने भएको छ ।

नेपालस्थित अन्तर्राष्ट्रिय फिचर चलचित्र छनोट समितिले संयुक्त राज्य अमेरिकामा आयोजना हुने ९८औँ ‘अस्कर अवार्ड’अन्तर्गत ‘अन्तर्राष्ट्रिय फिचर फिल्म’ विधामा नेपालबाट ‘अञ्जिला’ चलचित्र सिफारिस भएको जानकारी दिएको छ ।

छनोट समितिका अध्यक्ष विमल पौडेलले प्राप्त चलचित्रमध्येबाट विषयवस्तु, कलात्मकता र त्यसले दिएको सन्देशलाई मध्यनजर गर्दै ‘अञ्जिला’लाई प्रतिनिधित्व गराउने निर्णय भएको जानकारी दिए ।

अञ्जिला’ अब ९८औं अस्कर अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधाको लागि नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।

गत फागुन २४ मा रिलिज भएको यस फिल्मले १० करोड बढीको व्यापार गरेको थियो।

यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित छ, यसमा एन्जिलासँगै प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरूको अभिनय रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077