Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

समयमै निर्वाचन सम्पन्न गराउन तयार छौं : रामप्रसाद भण्डारी

समयमै निर्वाचन सम्पन्न गराउन तयार छौं : रामप्रसाद भण्डारी

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समयमै निर्वाचन सम्पन्न गराउन तयार रहेको बताएका छन्।

बिहीबार नवनियुक्त गृह एवं कानून न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आयोग समयमै निर्वाचन सम्पन्न गर्न तयार रहेको बताएका हुन्।

शान्ति सुरक्षा विना निर्वाचन सम्पन्न गर्न नसकिने स्थिति तर्फ सरकारको ध्यानाकर्षण गराउँदै मुलुकमा शान्ति सुरक्षाको स्थिति खल्बलिएको अवस्थामा पुगेको उल्लेख गर्दै उनले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न जरुरी रहेको बताए।

कानून बमोजिम दर्ता भएका सबै राजनीतिक दलहरूको सहभागिता हुने र राजनीतिक दल तथा निर्वाचनमा प्रतिस्पर्धा गर्न चाहने स्वतन्त्र उम्मेदवारहरूलाई समेत बिना अवरोध निर्वाध रुपमा प्रचार प्रसार गर्न र आफ्ना धारणा राख्न पाउने वातावरण सिर्जना गर्नुपर्ने बताए।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले सरकारले छिट्टै अध्यादेश ल्याइदिएमा कानूनमा रहेका बाधाहरू हटेर मतदाता संकलन लगायत कार्यसम्पादनमा सहज हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077