Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सीडीओदेखि न्यायाधीशसम्म जेनजीको सिफारिसमा नियुक्त गर्न माग, यस्तो छ ७ बुँदे ज्ञापनपत्र

सीडीओदेखि न्यायाधीशसम्म जेनजीको सिफारिसमा नियुक्त गर्न माग, यस्तो छ ७ बुँदे ज्ञापनपत्र

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । जेनजीहरूको एक समूहले जिल्ला प्रशासन कार्यालयका प्रमुख (सिडिओ), न्यायाधीश , लेखापाल र स्थानीय तहको प्रमुख पठाउँदा जेनजीको सिफारिसमा नियुक्त गर्न माग गरेको छ।

जस्मिन ओझा नेतृत्वको ‘जेनजी नेपाल’ समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई भेटेर सरकारमा जेनजीको ५० प्रतिशत र ५ प्रतिशत नागरिक समाजबाट प्रतिनिधित्व हुनुपर्ने माग राख्दै ७ बुँदे ज्ञापनपत्र बुझाएकी हुन्।

उक्त समूहले मन्त्रालय र सरकार सञ्चालनमा जेनजीको नेतृत्व हुनुपर्ने, सरकारको उच्चस्तरीय सल्लाहकारमा जेनजी प्रतिनिधित्व हुनुपर्ने, मुख्य सचिव र सरकारका सचिवहरूको सचिवालयमा जेनजीको प्रतिनिधित्व हुनुपर्ने लगायत माग राखिएको छ।

त्यस्तै भन्सार, मालपोत र न्यायालयको प्रमुख पदमा पनि जेनजीको प्रतिनिधि तथा जेनजीले सिफारिस गरेको व्यक्ति हुनुपर्ने भनिएको छ।

उक्त समूहको माग बुझ्दै गृहमन्त्री अर्यालले ‘मागहरूलाई गम्भीर्तापूर्वक लिने’ बताएको ओझाले उल्लेख गरिन्। गृहमन्त्रीलाई माग बुझाउँदै ओझाले चाँडो सुनुवाइका लागि पनि आग्रह गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077