काठमाडौं । काठमाडौं भ्रष्टाचारविरुद्ध आन्दोलन गर्ने कतिपय जेनजी युवाहरु गोली लागेर बिते भने कतिपय अस्पतालमा छन् । केही गुमनाम छन् । आन्दोलनसँग सरोकार नै नभएका केही व्यक्तिहरु भने जेनजीका नाममा अनेक धन्दामा लागेका छन् ।
जेनजीका अगुवा बनेका सुदन गुरुङ नै त्यतीबेला स्वयम्सेवक मात्र भएको खुलिसकेको छ । हाल उनी मन्त्री बनाउन भागबन्डा गरिरहेका छन् । उनको सन्देहपूर्ण पृष्ठभुमी बाहिरिएपनि सुरक्षा निकायको निगरानीमा छन् ।
बिहीबार एउटा जेनजी समूहले गृहमन्त्री ओमप्रकाश अर्याललाई ज्ञापनपत्र बुझाएको विषय चर्चामा छ। पूर्वअखिल नेतृ जस्मिन ओझाको समुहले जेनजी नेपालको लेडरप्याडमा ज्ञापनपत्र बुझाएर सरकारमा ५० प्रतिशत हिस्सा खोजेको हो ।
त्यतीमात्र नभई संवैधानिक निकाय, न्यायाधीश, राजदूतमा समेत जेनजीको प्रतिनिधित्व माग गरिएको छ । त्यस्तै, सिडिओ र मालपोत प्रमुखको सरुवामा समेत जेनजीसँग समन्वय गर्नुपर्ने जस्ता बुँदा राखिएका छन् ।
स्रोतका अनुसार यो समुह आन्दोलनमा लागेकै थिएन । ज्ञापनपत्र बुझाउने ओझा एमाले अध्यक्ष केपी शर्मा ओली निकट हुन् । उनले फेसबुकबाटै उनले ओलीलाई बा भन्ने गरेको प्रष्ट देखिन्छ ।
उनै ओझा यतीबेला जेनजीको आवरणमा अनेक खेतीमा लागेकी छिन् । यस्ता समूहका कारण जेनजी आन्दोलन नै बदनाम हुने खतरा बढेको छ ।