Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

यी हुन् रास्वपा सचिवालय बैठकका चार निर्णय

यी हुन् रास्वपा सचिवालय बैठकका चार निर्णय

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठकले हालैको जेनजी आन्दोलनदेखि प्रवासी नेपालीको मतदान अधिकारसम्मका विषय समेट्दै चार बुँदे निर्णय सार्वजनिक गरेको छ ।

बिहीबार बसेको बैठकपछि प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा भदौ २३ गते जेनजी पुस्ताले नेतृत्व गरेको शान्तिपूर्ण प्रदर्शनप्रति पार्टीको नैतिक ऐक्यबद्धता रहेको स्पष्ट पारिएको छ ।

तर, तोडफोड र लुटपाट रास्वपाको राजनीतिक संस्कृति नभएको भन्दै पार्टीले “सद्भाव तथा सहकार्य अभियान” प्रारम्भ गर्ने घोषणा गरेको छ।

'असहमतिलाई बैमनस्यताबाट होइन, संवाद र सहिष्णुताबाट समाधान गर्ने हाम्रो दृढ प्रतिबद्धता फेरि पनि जाहेर गर्दछौं,' विज्ञप्तिमा उल्लेख छ।

विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने सरकारी चासोलाई स्वागत गर्दै रास्वपाले प्रवासीको मतदाता नामावली पूर्ण रूपमा अनलाइनबाट दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने र विमानस्थलसहित दूतावासरकन्सुलेटहरूमा बायोमेट्रिक सेवा उपलब्ध गराउनुपर्ने माग अघि सारेको छ।

बैठकले पार्टीको केन्द्रीय समितिको बैठक असोज ७ गते केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेको छ। उक्त बैठकमा आगामी कार्यदिशा र विस्तारित बैठकबारे प्रस्ताव पेस गरिने जनाएको छ।

यस्तै, रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन फागुन ७, ८ र ९ गते गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि सरकारले फागुन २१ गते आम निर्वाचन घोषणा गरेकाले यसबारे आवश्यक छलफल र अन्तिम निर्णय आगामी विस्तारित बैठकले गर्ने प्रवक्ता झाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077