Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

च्यासलमा संविधान दिवस कार्यक्रम : ओली अनुपस्थित, दोस्रो तहका नेताहरूको सहभागिता

च्यासलमा संविधान दिवस कार्यक्रम : ओली अनुपस्थित, दोस्रो तहका नेताहरूको सहभागिता

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौं । संविधान दिवसको अवसरमा नेकपा एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा विशेष कार्यक्रम आयोजना गरेको छ ।

कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली सार्वजनिक हुने भनिए पनि अन्तिम क्षणमा उपस्थित भएनन् ।

कार्यक्रममा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत शीर्षस्थ नेता सहभागी भए। कार्यक्रमको अध्यक्षता उपाध्यक्ष अष्ठलक्ष्मी शाक्यले गरिन्।

ओलीको उपस्थिति हुने अपेक्षाले पार्टी कार्यालय वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। तर, उनी नआएपछि कार्यक्रम दोस्रो तहका नेताहरूको उपस्थितिमै सम्पन्न भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077