काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीले संसद् पुनर्स्थापनाको मागलाई प्रमुख मुद्दा बनाएर जानुपर्ने धारणा राखेका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा आज बसेको कार्यसम्पादन समितिको बैठकमा नेता सिटौलाले संसद् विघटन असंवैधानिक रहेकाले त्यसलाई प्रमुख मुद्दा बनाउनु पर्ने धारणा राखेका हुन् ।
संसद् विघटन संविधान अनुसार नभएको र पार्टीले पनि संसद् विघटनलाई असंवैधानिक भनिसकेको अवस्थामा ससद् पुर्नस्थापना प्रमुख माग हुनुपर्ने उनको भनाई थियो ।
उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले पछिल्लो घटनाक्रमबारे अन्य दलसँग पनि संवाद गर्ने निर्णय गरेको छ ।
बैठकमा केन्द्रीय समिति बैठक छिट्टै बोलाउनेबारे पनि छलफल भएको छ।
जेनजी आन्दोलनपछि पहिलोपटक नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक भौतिक उपस्थितिमा बसेको हो ।
बैठकमा पार्टी पदाधिकारी र नेताहरू सहभागी भएर पछिल्लो राजनीतिक परिस्थितिबाट सुरु गरी जनजीविकासम्बन्धी चुनौती र आन्दोलनपश्चात् पार्टीको भूमिकाबारे धारणा राखेका थिए ।
भदौ २२ र २४ गते भएको जेनजी प्रदर्शनले मुलुकभर राजनीतिक चर्को तरंग ल्याएपछि कांग्रेसले पहिलोपटक औपचारिक बैठकमार्फत आन्तरिक मूल्यांकन थालेको छ ।