काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पार्टी नेतृत्व रुपान्तरणको विषय उठेको छ। रास्वपा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले नेतृत्व रुपान्तरणको प्रस्ताव अघि सारेकी हुन् ।
कार्यबाहक सभापति डीपी अर्यालमार्फत उनले संस्थापक सभापति रवि लामिछानेसँग पार्टीको अर्थपूर्ण रुपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गर्न माग गरेकी छन् ।
उनले पार्टीको नेतृत्व,सिद्धान्त,नीति,कार्यक्रम आदि सबै आयामको पुनरावलोकन र पुनरसंचरना गर्नुपर्ने जोड दिएकी छन्।
उनले हालैको जेनजी आुन्दोलनले देखाएको जनभावनालाई आत्मसात् गर्दै सबै जाति, वर्ग र पुस्ताको अपेक्षा सम्बोधन गर्नुपर्ने बताएकी छिन् । उनले विभिन्न ४ बुँदामा प्रस्ताव राखेकी छन् ।
१. जेनजी मात्र नभई सबै पुस्ताको भावनालाई सम्बोधन गर्ने।
२. आन्दोलनले मागेअनुसार राजनीतिक दलमा आमूल सुधार ल्याउने।
३ .रास्वपालाई नेतृत्व, नीति र कार्यक्रमसहित मध्यमार्गी राजनीतिक शक्तिमा रूपान्तरण गर्ने।
४. रूपान्तरणका लागि तत्काल प्रक्रिया सुरु गरी अन्य दल र समूहसँग संवाद बढाउने।
उनको धारणा छ ।