काठमाडौं । हालैको जेनजी आन्दोलनपछि चर्चामा आएका ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापासँग कुराकानी गरेका छन् ।
शुक्रबार संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शीतलनिवासमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहमा उनीहरूबीच करिब ४ मिनेट संवाद भएको हो ।
शीतलनिवासको प्रांगणमा भएको भेटका क्रममा गुरुङले जेनजी आन्दोलनबाट आएका उपलब्धीहरूको संरक्षण र मजबुतीका लागि सहयोग गर्न आग्रह गरेको बताइएको छ ।
थापाले पनि आन्दोलन र त्यसपछिको परिस्थितिलाई नजिकबाट नियालिरहेको बताएको बुझिएको छ । गुरुङले अन्य नेताहरूसँग भने संवाद गरेनन् ।
संविधान दिवसका अवसरमा शीतलनिवासमा आयोजित चियापान समारोहमा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेता, विभिन्न देशका राजदूत, कूटनीतिक नियोगका प्रतिनिधि र नागरिक समाजका अगुवालगायतको सहभागिता थियो।