Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग

उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गर्न कांग्रेसको माग

शुक्रवार , आश्विन ३, २०८२

काठमाडौँ । नेपाली कांग्रेसले भदौ २४ गतेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्ने निर्णय गरेको छ ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा उपसभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा कांग्रेस केन्द्रीय सदस्य तथा कार्यसम्पादन समितिका नेताबिच भएको छलफलमा सो निर्णय भएको छ ।

बैठकले युवा एवम् जेनजी प्रदर्शनका क्रममा आपराधिक समूहले देशको प्रमुख प्रशासकीय केन्द्र, ऐतिहासिक सिंहदरबार लगायत राज्यका मुख्य अङ्ग तोडफोड एवम् आगजनी गरेको ठहर गरेको छ।

उनले भने, 'लोकतन्त्रका आधार स्तम्भ न्यायपालिका, कार्यपालिका, व्यवस्थापिका तीनै तहका कार्यालय, व्यावसायिक प्रतिष्ठान, नेपालका ऐतिहासिक संरचना, राजनीतिक दलका नेताका निजी घर, डेरा, नेपालका उन्नति र प्रगतिसँग जोडिएका सार्वजनिक तथा निजी संरचना नष्ट गरिएका छन्। यो घटनाको कडा निन्दा गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन उच्चस्तरीय न्यायिक छानबिन आयोग गठनको माग गर्दछ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077