Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

महाधिवेशनबारे निर्णय गर्न छिटै पार्टी बैठक बस्छ : रमेश रिजाल

महाधिवेशनबारे निर्णय गर्न छिटै पार्टी बैठक बस्छ : रमेश रिजाल

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पदान समितिको बैठकले गरेको निर्णयका आधारमा पार्टीलाई अगाडि बढाउने बताएका छन्। पार्टी मुख्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

उनले पार्टीको विशेष महाधिवेशन गर्नेरनगर्नेबारे निर्णय गर्न छिटै पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने पनि बताए।

रिजालले भने- 'यो नहुनुपर्ने भयो। पार्टीमाथि आक्रमण गर्नु सर्वथा निन्दनीय विषय हो। म यसको निन्दा गर्छु। विचार बोकेको पार्टी हो नेपाली कांग्रेस, अगामी दिनमा पार्टीको दोस्रो तहमा बसेका मान्छेहरूले सम्भावना त छँदैछ नि। अब पार्टीको पदाधिकारी, कार्यसम्पदान समिति लगायतको बैठक बस्छ बैठकले निकालेको निचोडका आधारमा हामी अगाडि बढ्छौ। विषेश महाधिवेशन गर्ने कि नगर्ने विषय पनि बैठकले नै निर्णय गर्छ। जेनजी पुस्ताको मागलाई पार्टीले सम्बोधन गर्नुपर्छ।'

नेता रिजालले जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेसजस्तो अग्रगामी र लोकतान्त्रिक पार्टीका संरचनामाथि भएको आक्रमण निन्दनीय भएको भन्दै खेद व्यक्त गरे। उनले जेनजी पुस्ताको सहभागिता र उनीहरुको मागलाई सम्बोधन गर्ने गरी पार्टी अगाडि बढ्ने कुरामा आफूहरू गम्भीर रहेकोसमेत बताए।

गत भदौ २३ र २४ मा भएको जेनजी पुस्ताको आन्दोलनको क्रममा कांग्रेसको केन्द्रीय तथा अधिकांश जिल्ला र प्रदेश कार्यालयहरु‍ूमा समेत व्यापक क्षति भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077