Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नेताहरू शिर उठाएर नहिँडुन् भनेर शीतलनिवास गएको हुँ, अशुद्ध हुन्छु भनेर पानी समेत खाइनँ : सुदन गुरुङ

नेताहरू शिर उठाएर नहिँडुन् भनेर शीतलनिवास गएको हुँ, अशुद्ध हुन्छु भनेर पानी समेत खाइनँ : सुदन गुरुङ

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । हामी नेपालका संस्थापक सुदन गुरुङले आफू हिजो राष्ट्रपति भवन शीतलनिवासमा कुनै सेलिब्रेट गर्न नगएको प्रष्टीकरण दिएका छन् । संविधान दिवसको अवसरमा शीतलनिवासमा जेनजीको नेतृत्व गरिरहेका गुरुङ सहभागी भएको भन्दै विभिन्न टीकाटिप्पणी भइरहेको छ।

त्यसबारे भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्- 'राष्ट्रपति निवासमा किन गयो भनेर प्रश्न गरिराख्नुभएको छ। हामीले के सही के गलत छुट्याउन सक्नुपर्छ। म हिजो त्यहाँ कुनै सेलिब्रेट गर्न गएको होइन। मलाई कुनै सेलिब्रेट गर्नु पनि छैन। मैले सुरुमा जाँदिन नै भनेको हो पछि नेताहरू सबै आउने भनेपछि यिनीहरू सिर उचालेर हिँड्छ भनेर गएको हुँ, म त्यहाँ एउटा नेतासँग पनि बस्दा पनि बसिनँ। उभिएर बसेँ, पानीमा रुझेर बसेँ । चिया खाउँ भनेर भनेको थियो, मैले चिया पनि खाइनँ । पानी खाऔं भन्दै थिए, म पानी खाँदिन भनेँ, अशुद्ध हुन्छु भनेर ।'

उनले शीतलनिवासमा नेताहरू शीर उठाएर नहिँडुन् भनेर आफू गएको जिकिर गरेका छन्।

शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो । उक्त कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए ।

पछिल्लो समय चर्चाको शिखरमा रहेका गुरुङ पनि त्यहाँ उपस्थित भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077