Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौँ : सुहाङ नेम्बाङ

अब आवेग, उत्तेजना र प्रतिशोध त्यागौँ : सुहाङ नेम्बाङ

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । नेकपा एमालेका युवा नेता सुहाङ नेम्बाङले आवेग, उत्तेजना र प्रतिशोध त्यागेर संविधान र व्यवस्थाको रक्षा गर्दै अघि बढ्न सबैलाई आह्वान गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै उनले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानको रक्षाको युगीन जिम्मेवारी फेरि एक पटक इतिहासले नेपालीहरूलाई दिएको बताए ।

उनले इतिहासका घाउ कोट्याएर भविष्य थप अनिश्चित नबनाउन आग्रह गर्दै २४ ताण्डवलाई सर्वथा गलत भएको टिप्पणी गरे।

साथै, जेन–जी आन्दोलनमा घुसपैठ भएको कुरा आफ्नै अगुवाहरूले स्वीकारिसकेको भन्दै त्यसका आधारमा युवाहरूलाई उत्तेजनापूर्ण आरोप लगाउनु गैरजिम्मेवार व्यवहार हुने उनले स्पष्ट पारे।

“आफ्नै सन्ततिहरूलाई गाली गर्ने जो जिम्मेवार अभिभावक बन्नै सक्दैनन्,” उनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077