Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

गगन थापा भन्छन् - पार्टीभन्दा माथि देश छ, नौजवानहरुले जुन आगो ओकलेका छन् त्यसको मर्म हामीले बुझ्नुपर्छ

गगन थापा भन्छन् - पार्टीभन्दा माथि देश छ, नौजवानहरुले जुन आगो ओकलेका छन् त्यसको मर्म हामीले बुझ्नुपर्छ

शनिवार , आश्विन ४, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछिदेखि हालसम्म सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग गरेका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यस्तो माग गरेका हुन् ।

उनले भने, 'म स्वयं चार पटक सांसद र मन्त्री बनेको मान्छे हुँ। छानबिन मेरो बाटै सुरु होस्। २०४६ सालपछि जो-जो जिम्मेवारीमा बसेका छन्, सबैको सम्पत्ति, त्यसको स्रोत, जग्गा जमिन, व्यापार–व्यवसाय कानुनी ढंगले छानबिन हुनुपर्छ र दोषीले सजाय पाउनुपर्छ।'

थापाले अन्तरिम सरकारसमक्ष जेनजी आन्दोलनमा भएको सरकारी दमन र त्यसपछिको हिंसात्मक घुसपैठ दुवै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने पहिलो माग पनि राखेका छन्।

उनले कांग्रेसको भूमिकामाथि आत्मसमीक्षा गर्दै पार्टीले विगतमा मुद्दा उठाए पनि टुंगोमा नपुर्‍याएको स्वीकार गरे। त्यसैले अब पार्टीमा व्यापक पुनर्संरचना आवश्यक रहेको उनको भनाइ छ।

पुनर्संरचनाका लागि उनले दुई विकल्प प्रस्तुत गरे— पहिलो, पुरानो क्रियाशील सदस्यता खारेज गरेर नयाँ सदस्यता खोलेर १५औं महाधिवेशन गर्ने। दोस्रो, हालका महाधिवेशन प्रतिनिधिबाट विशेष महाधिवेशन बोलाएर नयाँ नेतृत्व चयन गर्ने।

थापाले आफू साधारण सदस्य भएर बस्न तयार रहेको स्पष्ट गर्दै भने, 'पार्टीभन्दा माथि देश हो। सुधारको अभियानबाट पछि हट्दिन। नौजवानहरुले जुन आगो ओकलेका छन् त्यसको मर्म हामीले बुझ्नुपर्छ ।'

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077