Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मन्त्री बन्दै वैज्ञानिक महावीर पुन

मन्त्री बन्दै वैज्ञानिक महावीर पुन

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले वैज्ञानिक तथा सामाजिक अभियन्ता डा. महावीर पुनलाई मन्त्री बन्न प्रस्ताव गरेकी छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेकी कार्कीले विभिन्न व्यक्तिसँग परामर्श गर्ने क्रममा पुनलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको जिम्मेवारी लिन आग्रह गरेकी हुन् ।

स्रोतका अनुसार प्रधानमन्त्री कार्कीले छलफल गरेपछि पुन मन्त्री बन्न तयारसमेत भएका छन् । जेनजी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार ढलेसँगै बनेको अन्तरिम सरकारमा हालसम्म तीन जना मात्र मन्त्री रहेका छन् ।

भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी पूर्वप्रधानन्यायाधीश कार्कीले अर्थ मन्त्रालयको जिम्मेवारी पूर्वसचिव रामेश्वर खनाललाई, ऊर्जा, जलस्रोत तथा सिँचाइ, शहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय कुलमान घिसिङलाई र गृह तथा कानुन मन्त्रालय ओमप्रकाश अर्याललाई दिएकी छिन् ।

युवा पुस्ताबाट पुनलाई पनि सरकारमा समेट्नुपर्ने माग बढ्दो छ । वैज्ञानिक अनुसन्धान, नवप्रवर्तन र ग्रामीण क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तारमा अग्रणी भूमिका खेलेका पुनलाई रोमन म्यागासेसे पुरस्कारले समेत सम्मानित गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077