Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

अभिभावकमाथि सांघातिक प्रहार हुँदा पार्टीकै नेता असंवेदनशील बन्नु दुर्भाग्य : प्रकाशशरण महत

अभिभावकमाथि सांघातिक प्रहार हुँदा पार्टीकै नेता असंवेदनशील बन्नु दुर्भाग्य : प्रकाशशरण महत

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टी सभापतिमाथि सांघातिक हमला भएको अवस्थामा पनि पार्टीकै जिम्मेवार नेताहरू संवेदनशील नदेखिएको बताएका छन्।

आइतबार बिहान महाराजगञ्जस्थित आफ्नो जलेको घरमा पत्रकार सम्मेलन गर्दै ‍प्रवक्ता महतले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालाई लक्ष्य गर्दै पार्टीको नेतृत्वमाथि सांघातिक हमला हुँदा जिम्मेवार नेताहरू नै असंवदनशील बन्नुलाई दुर्भाग्य भनेका हुन्।

उनले भने- 'कांग्रेसभित्र पनि विभिन्न खाले बहस भइरहेको छ । हाम्रो पार्टी सभापति जसले लोकतन्त्रका लागि लामो संघर्ष गर्नुभएको छ, उहाँमाथि यस्तो त्रासदीपूर्ण आक्रमण भयो । अझै उहाँ उपचारको पूर्ण अवस्थामा पुग्नुभएको छैन । आलो घाउ ठीक नहुँदै पार्टीभित्र जुन बहस सुरू गरिएको छ। त्यसप्रति गम्भीर होऔं ।'

उनले पार्टी एक भएर कमि कमजोरी हटाउँदै अघि बढ्ने बेला आलो घाउमा नुन छर्ने प्रवृत्ति देखिएको पनि बताए। काठमाडौंमा २३ गतेको प्रदर्शनअगाडि त्यही सभापति ठीक हुने र अहिले परिस्थिति बदलिएपछि गलत हुने भन्ने प्रवृत्ति देखिएको प्रवक्ता महतले बताए।

'चार दिनअघि त्यही सभापति अत्यन्त ठीक हुने। हामी त अलि टाढा भएका थियौं। जुन साथीहरूले अहिले प्रश्न उठाइरहनुभएको छ, तत्काल परिवर्तनको कुरा उठाइरहनुभएको छ। उहाँहरू सबैभन्दा नजिक हुनुहुन्थ्यो। हामीले कतिपय कुरा ठीक भइरहेको छैन भनेका थियौं। औलीले देखाएको शैलीले ठीक ठाउँमा पुर्‍याँदैनौं भन्नेमा हामी थियौं । नयाँ परिस्थिति बन्ने बित्तिकै एकछिन पनि हुँदैन भनेको केहो ?

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको शैली ठिक बाटोमा नभएको भन्दै त्यसबारे कांग्रेसले आलोचना गर्दै आएको स्मरण गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077