Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

न्यायिक जाँचबुझ आयोग गठन गर्ने सरकारको तयारी

न्यायिक जाँचबुझ आयोग गठन गर्ने सरकारको तयारी

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा भएका गतिविधिबारे छानबिन गर्न सरकारले आयोग गठन गर्ने भएको छ।

भदौ २४ गते सर्वोच्च अदालत, सिंहदरबारलगायत सरकारी कार्यालय, नेताका निजी घरलगायतमा आगजनी भएको थियो। यी सबै घटना छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको तयारी छ।

सुशीला कार्की नेतृत्वको सरकारले यसअघि मन्त्रिपरिषदबाट जेनजी पुस्ताको प्रदर्शनका क्रममा भएका गतिविधि छानबिन गर्न आयोग बनाउने सैद्धान्तिक सहमति गरेको थियो।

आज साँझसम्म बस्ने मन्त्रिपरिषद बैठकले छानबिन आयोग गठन गर्न सक्ने प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ ।

स्रोतका अनुसार विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नाम अग्रपंक्तिमा छ।

जेनजीले भ्रष्टाचार र नातावादको अन्त्यका विरुद्ध आन्दोलन गरेका थिए। त्यही आन्दोलनका बलमा केपी शर्मा ओली नेतृत्वको सरकार विस्थापित भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार गठन भएको छ।

जेनजीहरूले भ्रष्टाचार छानबिन आयोगका लागि सरकारलाई दबाब दिइरहेका छन्। जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077