Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा

कांग्रेसका पूर्वपदाधिकारीहरुको बैठक चाक्सीबारीमा

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । नेपाली कांग्रेसका पूर्वपदाधिकारी ६ नेता पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा छलफलमा छन्।

पूर्वउपसभापतिद्वय गोपालमान श्रेष्ठ र विमलेन्द्र निधि, पूर्वमहामन्त्रीहरू सिंह, कृष्णप्रसाद सिटौला र डा. शशाङ्क कोइराला तथा पूर्वसहमहामन्त्री एवं अहिलेका पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले छलफल गरिरहेका हुन् ।

सात पूर्वपदाधिकारी समूहको बैठकमा आज विजयकुमार गच्छदार र गोपालमान श्रेष्ठ भने अनुपस्थित थिए ।

उनीहरूबिच पार्टीको आगामी १५ औँ महाधिवेशनमा कसी अगाडि बढ्ने, शुक्रबारको कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको विशेष महाधिवेशन र नेतृत्व परिवर्तनको विषयमा समान धारणा बनाउने विषयमा कुराकानी भएको निकट स्रोतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077