Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

केन्द्रीय समिति भङ्ग गर्ने प्रचण्डको प्रस्ताव, मंसिरमा विशेष महाधिवेशन

केन्द्रीय समिति भङ्ग गर्ने प्रचण्डको प्रस्ताव, मंसिरमा विशेष महाधिवेशन

आइतवार , आश्विन ५, २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको विशेष महाधिवेशनको प्रस्ताव गरेका छन्।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा जारी पदाधिकारी बैठकमा अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।

उनले बैठकमा भने- 'विशेष परिस्थिति आएको छ, त्यसैले विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरौँ ।'

केन्द्रीय समितिले तलदेखि माथिसम्मका सबै तहका पदाधिकारी तथा समिति भंग भएपछि महाधिवेशन आयोजक समिति बन्नेछ।

महाधिवेशन आयोजक समितिले नै मंसिरको महाधिवेशन गर्ने अख्तियारी पाउनेछ। यस्तै एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक कमिटी गठन गर्ने समेत तयारी छ ।

उनले बैठकमा हालको राजनीतिक अवस्था, पछिल्ला घटनाक्रम र माओवादी पार्टीले आगामी कदममा के गर्ने भन्ने विषयमा विस्तृत चर्चा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077