काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा सिफारिस भएसँगै आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अनौठो शैलीमा आफ्नो पहिलो घोषणा सार्वजनिक गरेका छन् ।
पुनले सामाजिक सञ्जालमार्फत आफूलाई कसैले बधाई दिन फोन वा माला–खादा लिएर घरमा नआउन आग्रह गरेका छन् ।
बरु शिक्षा, विज्ञान र प्रविधि क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस योजना र विचारहरू पठाउन आग्रह गर्दै उनले भनेका छन्, 'आईडिया छ भने मेरो ह्वाटसपमा पठाउनु होला।'
उनले मन्त्री पदलाई औपचारिक हैसियतले नभई जिम्मेवारीको रूपमा लिनुपर्ने भन्दै कसैले पनि आफूलाई ‘मन्त्री’ नबोलाउन अनुरोध गरेका छन् । “कसैलाई मन्त्री भन्नै रहर भए ‘कवाडी वैज्ञानिक मन्त्री’ भन्नु होला,” पुनले भने ।