Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

नवनियुक्त मन्त्रीहरुले आज शपथ लिँदै, संगिता मिश्र विवादमा

नवनियुक्त मन्त्रीहरुले आज शपथ लिँदै, संगिता मिश्र विवादमा

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । नवनियुक्त पाँच मन्त्रीले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई दिउँसो २ बजे पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम छ ।

प्रधानमन्त्री सुशीला कार्कीले आइतबार महावीर पुन, अनिल सिन्हा, मदन परियार, संगिता मिश्र र जगदिश खरेललाई मन्त्रीमा नियुक्त गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले पुनलाई शिक्षा मन्त्री, सिन्हालाई कानुन, उद्योग वाणिज्य र भूमिसुधार, परियारलाई कृषि, मिश्रलाई स्वास्थ्य र खरेललाई सञ्चार मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति कार्यालयमा सिफारिस गरेकी छन् ।

तर यता संगिता मिश्र विवादमा तानिएकी छिन् । उनी यसअघि स्वास्थ्यको कर्मचारी हुँदा पटकपटक विवादमा परेकी थिइन् । उनीमाथि स्वास्थ्य उपकरण तथा सामग्री खरिद प्रकरणमा अनियमितता गरेको आरोप पनि छ ।

प्रदीप पौडेल स्वास्थ्यमन्त्री हुँदा अतिरिक्त सचिव मिश्र स्वास्थ्य सचिवकी प्रतिस्पर्धी थिइन् ।

तर तत्कालीन केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले गरेको सचिव बढुवा गर्ने निर्णयमा उनी परिनन् । त्यसपछि उनी असन्तुष्ट बनेकी थिइन् । साथै उनी अंगिकृत नागरिक भएको भन्दै विभिन्न पक्षले उनले छनोटप्रति आलोचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077