काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
मंगलबार बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बस्ने तय भएको हो । प्रवक्ता मनिष झाका अनुसार, बैठकमा मुख्यतया सात एजेन्डामा छलफल हुने छ।
जसमा समसामयिक अवस्था र बैठक बारे, प्रदेश बैठकहरूबाट प्राप्त विवरण (सभापतिहरूको तर्फबाट), परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा, पार्टी संगठन एवं विभाग सम्बन्धी, आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन रणनीति, पार्टीको ऐतिहासिक महाधिवेशन र विविध विषयहरू रहेका छन् ।