Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सहयोग गर्ने पक्षमा हुँदा पनि सरकारले बिनाकारण सरुवा गर्‍यो : हितेन्द्रदेव शाक्य

सहयोग गर्ने पक्षमा हुँदा पनि सरकारले बिनाकारण सरुवा गर्‍यो : हितेन्द्रदेव शाक्य

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणबाट हटाएपछि कसरी अघि बढ्ने परामर्श गरिरहेको निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताएका छन् ।

शाक्यलाई आइतबार मन्त्रिपरिषद्ले प्राधिकरणको प्रमुखबाट हटाएर जल तथा ऊर्जा आयोगमा सरुवा गरेको थियो । शाक्यले वर्तमान सरकारलाई सहयोग गरेर अघि बढ्ने आफ्नो योजना भए पनि आयोगमा सरुवा गरेको बताए ।

उनले भने- 'मेरो विशेषज्ञता सरकारले चाहेको हो भने छुट्टै कुरा हो । तर, प्रतिसोध साँधेको हो भने त्यही अनुसार अघि बढ्छु । कसरी अगाडि बड्ने तयारी हो त्यो भने उनले प्रष्ट पार्न चाहेनन् । म सरकारलाई सहयोग गर्ने पक्षमा नै थिएँ । तर, काम गर्ने अवसर समेत नदिई हटाइयो । अब दसैँ मनाएपछि कसरी अघि बढ्ने सोचौँला ।'

आफू सहयोग गर्ने पक्षमा रहे पनि सरकारले बिनाकारण सरुवा गरिएको उनको भनाइ छ । शाक्यले यस विषयमा आफू थाकेको र अदालत जानेबारे केही नसोचेको बताएका छन्।

भदौ २४ गते जेनजी आन्दोलनका क्रममा उनको घरमा पनि आुगजनी भएको थियो । आगजनीका कारण परिवार प्रभावित भएको र पत्नी अझै ट्रमामा रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077