Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शपथ लिन शीतल निवासमा मन्त्रीहरू

शपथ लिन शीतल निवासमा मन्त्रीहरू

सोमवार , आश्विन ६, २०८२

काठमाडौं ।अन्तरिम सरकारका नवनियुक्त मन्त्रीहरूको शपथ लिन राष्ट्रपति भवन शीतल निवासमा पुगेका छन् ।

पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पत्रकार जगदिश खरेल, विज्ञ मदन परियारले मन्त्रीको शपथ लिँदैछन् ।

May be an image of 4 people and dais

समारोहमा राष्ट्रपतिसँगै, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल पनि सहभागी छन्।

यस्तै सरकारका उच्च पदस्थ व्यक्ति, कूटनीतिक नियोगका प्रमुखसहित सरकारी अधिकारीहरू पनि सहभागी भएका छन्। यसअघि प्रधानमन्त्री र तीन मन्त्रीको शपथमा सभामुख गएका थिएनन् ।

राष्ट्रियसभा अध्यक्ष दाहाल तीन मन्त्रीको शपथमा मात्रै पुगेका थिए। हिजो बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले पाँच मन्त्रीको नाम सिफारिस गरेको थियो।

मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भए पनि एक घण्टा पछि धकेलिएको थियो। तीमध्ये चार मन्त्रीको मात्र शपथ हुने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077