Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण

शिक्षामन्त्री महावीर पुनले गरे पदभार ग्रहण

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले पदभार ग्रहण गरेका छन् । केशर महलस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीबाट सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालय क्षति भएपछि नयाँ शिक्षामन्त्रीको कार्यकक्ष केशर महलमा तयार गरिएको हो । उनीसहित आज अन्य तीन मन्त्रीले पनि पदभार ग्रहण गरेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको शपथ लिएका महावीर पुनले किताब बेच्दै गरेको मान्छे अपरझट मन्त्री बन्नु परेको भन्दै अहिले नै यो यो काम गर्छु भनेर नभन्ने बताएका छन्।

पदभार ग्रहणपछि पत्रकारहरुसँग बोल्दै उनले भने- 'अपरझट किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर मन्त्री बनाएपछि अहिले नै के गर्ने भन्नेर नसोध्नुहोस्।'

उनले विज्ञहरुको सुझाव लिएर छरितो तरिकाले काम गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077