Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

उद्योगमन्त्रीको पहिलो निर्णय - सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था

उद्योगमन्त्रीको पहिलो निर्णय - सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै सहिद परिवार र घाइतेलाई रोजगारीको व्यवस्था गरिने निर्णय गरेका छन् ।

त्यसैगरी साथै सरकारी निकामा फर्निचर लगायत निर्माण सामग्री स्वदेशी प्रयोग गर्ने निर्णय गरेका छन् । अत्यावश्यक बाहेक अरू विषयमा कार्यालय धाउनु नपर्ने गरी अनलाइन सेवाको विस्तार गर्नतर्फ पहल गर्ने पनि उनले निर्णय गरेका छन् ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारमा उनकै पूर्वसहकर्मीसमेत रहेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश सिन्हा मन्त्री बनेका हुन् ।

सर्वोच्च अदालतबाट दुई वर्षअघि अवकाश भएका सिन्हा ६७ वर्षको उमेरमा मन्त्री भएका हुन् ।

उनले भूमि सुधार र कानून मन्त्रालयको पनि जिम्मेवारी पाएका छन् । आज उद्योग मन्त्रालयमा मात्रै पदभार ग्रहण गरेका उनले भूमिसुधारमा भोलि ११ बजे र कानूनमा मन्त्रालयमा २ बजे पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077