Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

मन्त्री बन्न राजीनामा दिएपनि अख्तियारका कारण सफल हुन सकिनन् सचिव मिश्रा

मन्त्री बन्न राजीनामा दिएपनि अख्तियारका कारण सफल हुन सकिनन् सचिव मिश्रा

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आइतबार ५ जना मन्त्रीहरूको नाम राष्ट्रपति समक्ष सिफारिस गरिन् ।

चार जनाको मन्त्रीमण्डलमा गहन छलफल पछि प्रधानमन्त्री कार्कीले पूर्वन्यायाधीश अनिल कुमार सिन्हा, पत्रकार जगदीश खरेल, अतिरिक्त सचिव डा.संगिता मिश्रा, वैज्ञानिक महावीर पुन र तत्कालीन राज्‍य पुनर्संरचनाका संयोजक समेत रहेका डा. मदन परियारलाई मन्त्रीमा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन् ।

राष्ट्रपति कार्यालयले पनि सिफारिस भएका मन्त्रीहरूको नियुक्ति र शपथ सोमबार मात्रै हुने जनायो । तर, आज चार जना मन्त्रीले मात्रै सपथ लिए । आज सिन्हा, खरेल, पुन र परियारले सपथ लिंदा मिश्रा भने मन्त्री बन्न सकिनन् ।

मन्त्री बन्ने पक्का भएपछि पदबाट राजीनामा दिइसकेकी मिश्रा मन्त्री बन्न नसकेपछि यता न उताको बनेकी छन् । मिश्राको नाम स्वास्थ्यमन्त्रीमा थियो । तर, उनी मन्त्री बन्न नै पाइनन् ।

मिश्रा ठेक्कामा विवादमा तनिएको समाचाहरु बाहिरिएपछि उनलाई मन्त्री नबनाएको स्रोतको दावी छ । स्वास्थ्य सामग्री खरिदको ठेक्कामा अनियमितता गरेको उजुरीमा डा. मिश्रामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिन गरिरहेको छ । यही कारण सिफारिस भएको उनको मन्त्री पद गुमेको स्रोत बताउँछ ।

उनी स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा स्वास्थ्य सामग्री खरिद विवादित बनेको थियो। त्यसैको उजुरीमाथि अख्तियारले छानबिन अघि बढाएको थियो ।

आइतबार प्रधानमन्त्री सुशीला कार्कीले मिश्रालाई स्वास्थ्यमन्त्री बनाउने गरी अरू चारजनासमेतको नाम राष्ट्रपतिसमक्ष सिफारिस गरेकी थिइन् । स्वास्थ्यमन्त्री बन्ने निश्चित भएपछि त्यसको पूर्वसन्ध्याहमा मिश्राले अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् ।

आफू एक नम्बरमा रहेकामा वरिष्ठताक्रम मिचेर सरकारले दोस्रो नम्बरका अर्का अतिरिक्त सचिवलाई सचिव बढुवा गरेपछि मिश्रा रुष्ट थिइन् । उनी ६ महिना हाजिर नै नगरी बसेकी थिइन् ।

मन्त्रीका लागि निश्चित गरेपछि मिश्राले आइतबार अतिरिक्त सचिवबाट राजीनामा दिएकी थिइन् । राजीनामा मन्त्रिपरिषद्ले आइतबार नै स्वीकृत गरेपछि प्रधानमन्त्री कार्कीले मन्त्रीमा मिश्रालाई सिफारिस गरेकी थिइन्। तर, मन्त्रीमा सिफारिस भएसँगै मिश्राको आलोचना सुरु भयो र उनी मन्त्री बन्न पाइनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077