Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा

सञ्चारमन्त्रीको पहिलो निर्णय : देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । सूचना, सञ्चार तथा प्रविधिमन्त्री जगदिश खरेलले देशका प्रमुख १० वटा शहरका प्रमुख सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा उपलब्ध गराउने निर्णय गरेका छन् ।

आजै मन्त्रालयको पदभार ग्रहण गरेका मन्त्री खरेलले पहिलो निर्णयमा ५ महिनाभित्र देशका प्रमुख १० वटा शहरका सार्वजनिक स्थलमा सो व्यवस्था गर्न भनेका हुन् ।

यसअघि कर्मचारीले तयार पारेको पहिलो निर्णयमा सञ्चारमन्त्रीले हस्ताक्षर गरेका थिएनन् ।

सोमबार राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण कार्यक्रम सकेर पदभार ग्रहणका लागि मन्त्रालय पुगेका मन्त्री खरेलले सुरुमा कर्मचारीले ल्याएको प्रस्तावमा केही थप गर्न लगाएर ल्याउन भनेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077