Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

 मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

 मल अभावको समस्या हटाउने प्रयास गर्छु : कृषिमन्त्री परियार

सोमवार , आश्विन ६, २०८२

काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर गरेका छन्।

यस्तै कृषिमन्त्री परियारले मल अभावको समस्या हटाउने प्रयास गर्ने बताएका छन्। मलबिना कृषिको उत्पादन बढाउन नसकिने हुनाले मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने उनले बताए।

मल आयात भएको खबर सार्वजानिक भइरहँदा पनि यसको अभाव हुने कुराको आफूले गहिरो अध्ययन गर्ने उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077