विराटनगर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवाको निवासमा भेटिएको भनिएको जलेको नोट प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् ।
सोमबार विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले अनुमान र हल्लामात्रै होइन, अनुसन्धानबाट सत्य उजागर गर्नुपर्नेमा जोड दिए ।
'अनुमानले होइन, अनुसन्धानले मात्र सत्य देखाउँछ,' शर्माले भने । उनले सम्पत्ति शुद्धीकरण विभागलगायतका निकायले गरिरहेको अनुसन्धानको नतिजा स्वीकार गर्नुपर्ने बताउँदै, यो विषयमा पारदर्शिता ल्याउन सभापति निवास पक्षकै जिम्मेवारी हुने उल्लेख गरे।
शर्माले कांग्रेसका जिल्ला सभापतिहरूले समेत उठाएको प्रश्नलाई स्मरण गर्दै यसलाई स्पष्ट पार्ने आवश्यकता औंल्याए।